कर्रा खोलाको बाढीले बगायो ट्रक, बचे चालक

हिमाल प्रेस २९ असार २०८३ ११:४९ | Monday, July 13, 2026
14
SHARES
कर्रा खोलाको बाढीले बगायो ट्रक, बचे चालक मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा बाढीले पुर्‍याएको क्षति। तस्बिर : रासस

काठमाडौँ– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार बिहान ७:४५ बजेतिर बाढीले बगाएको हो ।

खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्कामा) पानीको बहाव बढ्न गई ट्रक बगाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।

ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २९ असार २०८३ ११:४९ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast