ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन नियन्त्रणमा

हिमाल प्रेस १३ साउन २०८३ ८:४७ | Wednesday, July 29, 2026
ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन नियन्त्रणमा

काठमाडौँ- काठमाडौँ महानगरपालिका १४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषध तीन जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ ५ घर भई हाल ललितपुर महालक्ष्मी थान ६ बस्ने २४ वर्षीय दिपक राई रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो। त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको एउटा हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँ समेत बरामद गरेको हो ।

नियन्त्रणमा लिइएका तिनै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, मोटरसाईकल र मोवाइल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।

प्रकाशित: १३ साउन २०८३ ८:४७ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast