यी सडक आज पनि पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस १२ साउन २०८३ ८:५२ | Tuesday, July 28, 2026
14
SHARES
यी सडक आज पनि पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार ललितपुरको बागमती गाउँपालिका ३, पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५:३५ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग अन्तर्गत चारकिलो र कोदारी दुवै स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ। कोशी प्रदेशको इलाम नगरपालिका ९, राजदुवालीस्थित मेची राजमार्ग (झापा-ताप्लेजुङ सडक) पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ।

भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गहरूमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी खण्ड (बीपी राजमार्ग) मा बाढीको सम्भावनाका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चल्न दिइनेछ।

मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्ड (कान्ति लोकपथ) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। वर्षातको समयमा सडकको अवस्था प्रतिकुल हुन सक्ने भएकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित: १२ साउन २०८३ ८:५२ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast