‘राष्ट्रिय सुरक्षा र विकास निर्माणमा नेपाली सेनाले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको छ’

हिमाल प्रेस २३ असार २०८३ १७:४३ | Tuesday, July 7, 2026
10
SHARES
‘राष्ट्रिय सुरक्षा र विकास निर्माणमा नेपाली सेनाले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको छ’

काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले रक्षा मन्त्रालय र नेपाली सेनाले संविधान तथा प्रचलित कानुनबमोजिम राष्ट्रिय सुरक्षा, विकास निर्माण र विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै उनले नेपाली सेनाको मुख्य जिम्मेवारी मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु रहेको उल्लेख गरे।

उनका अनुसार नेपाली सेनाको परिचालन संविधान र सम्बन्धित कानुनअनुसार हुने भएकाले यसबारे कुनै द्विविधा नरहेको बताए। अर्थमन्त्री वाग्लेले सेनाले राष्ट्रिय सुरक्षासँगै संघीय कानुनबमोजिम विकास निर्माण तथा विपद् व्यवस्थापनका काममा पनि सक्रिय भूमिका खेल्दै आएको बताए।

उनले दुर्गम तथा विकट क्षेत्रमा सडक पूर्वाधार निर्माणदेखि काठमाडौँ-तराई मधेश द्रुतमार्गजस्ता रणनीतिक महत्वका आयोजना निर्माणमा नेपाली सेनाको संलग्नता रहेको उल्लेख गरे।

प्रकाशित: २३ असार २०८३ १७:४३ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast