वनस्थलीमा रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण

हिमाल प्रेस १७ असार २०८३ १२:४६ | Wednesday, July 1, 2026
6
SHARES
वनस्थलीमा रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्य शपथ ग्रहणका लागि काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।

रास्वपाले आज आयोजना गरेको कार्यक्रममा महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई औपचारिक रूपमा शपथ गराइँदै छ। शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य बिहानैदेखि केन्द्रीय कार्यालयमा उपस्थित भएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गते चितवनमा सुरु भई ६ दिनसम्म सञ्चालन भएको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

पार्टीको विधानअनुसार अब बाँकी ५१ जना केन्द्रीय सदस्य सभापति रवि लामिछानेले मनोनीत गर्ने व्यवस्था रहेको छ। मनोनयन प्रक्रिया पूरा भएपछि रास्वपाको १५० सदस्यीय केन्द्रीय समिति पूर्ण हुनेछ।

प्रकाशित: १७ असार २०८३ १२:४६ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast