काठमाडौँ– सुनसरीको देवानगन्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।
देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्ज बजारमा आइतबार राति दुई समुदायबिचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार र मङ्गलवार दुई दिन शोक बिदा दिने निर्णय गरेको हो ।
घटनामा प्रहरीको गोली लागेर देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले सोमबार ५ सदस्यीय छानबिन समिति गठन गरेको छ भने स्थानीयले कर्फ्यु तोड्दै सोमबार प्रदर्शन गरेका छन्
प्रकाशित: ११ साउन २०८३ १३:५० | Monday, July 27, 2026
प्रतिक्रिया


