चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

हिमाल प्रेस ११ साउन २०८३ १९:३० | Monday, July 27, 2026
16
SHARES
चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो।

बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्।

पटेलको मृत्युको कारण चिकित्सकको लापरबाहीले भएको आरोप उनका परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन्।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक (मेडिकल अफिसर) डा. प्रमोद राम गम्भीरमाथि आक्रमण हुँदा उनी घाइते भएका छन्।

घाइते चिकित्सकको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। चिकित्सकहरूले दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

सहभागीले ‘दोषीलाई कारबाही गर’, ‘निलम्बन फिर्ता गर’ र ‘डाक्टर प्रमोदलाई न्याय दे’ लेखिएका प्ले कार्ड बोकेका थिए। अस्पतालले छानबिन समिति गठन गरेको छ।

साथै उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्म जिम्मेवारीबाट हटाइएको छ।

प्रकाशित: ११ साउन २०८३ १९:३० | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast