राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेता आङ्देम्बेबीच भेटवार्ता

हिमाल प्रेस ११ साउन २०८३ १३:०८ | Monday, July 27, 2026
10
SHARES
राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्।

उनीहरूबीच सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा कुराकानी भएको हो।

भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।

सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए।

यस्तै बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

 

प्रकाशित: ११ साउन २०८३ १३:०८ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast