जुम्लामा जबर्जस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ

हिमाल प्रेस ३० असार २०८३ ७:१५ | Tuesday, July 14, 2026
16
SHARES
जुम्लामा जबर्जस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय जुम्लाले महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ पर्नेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–७ स्थायी घर भई हाल जुम्लाको तिला गाउँपालिका–३ बस्दै आएका ३६ वर्षीय हरीबहादुर घर्ती रहेका छन् ।

प्रहरीका अनुसार असार २६ गते साँझ करिब ७ बजे तातोपानी गाउँपालिकामा एक महिला आफ्नै घरमा खाना पकाइरहेका बेला घर्ती एक्कासि भान्सा कोठामा प्रवेश गरी जबर्जस्ती करणी गर्न खोजेका थिए ।

घटनाका बेला पीडितका श्रीमान् घरमा नरहेको फाइदा उठाएर आरोपितले जबर्जस्ती गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए ।

सूचना अधिकारी बरालका अनुसार घटनापछि पीडितको उजुरीका आधारमा प्रहरीले आरोपितलाई तत्काल नियन्त्रणमा लिई जबर्जस्ती करणी उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

प्रकाशित: ३० असार २०८३ ७:१५ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast