आदिकवि भानुभक्त आचार्यको सालिक तोडफोड गरेको आरोपमा एक पक्राउ

हिमाल प्रेस १० साउन २०८३ ८:१३ | Sunday, July 26, 2026
6
SHARES
आदिकवि भानुभक्त आचार्यको सालिक तोडफोड गरेको आरोपमा एक पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय लमजुङले सालिक तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा एकजनालाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो ।

निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १० साउन २०८३ ८:१३ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast