बीपी समृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ र जलवायु बहस

हिमाल प्रेस २ साउन २०८३ १७:०० | Saturday, July 18, 2026
बीपी समृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ र जलवायु बहस कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा बीपीले निर्वाह गरेको योगदानको स्मरण गर्न कांग्रेसले साउन ६ गते देशभर विविध कार्यक्रमको आयोजना गर्ने भएको हो।

पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शनिबार बसेको केन्द्रीइ नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले यस अवसरमा काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने निर्णय गरेको छ।

‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको यूएन पार्कबाट प्रारम्भ हुनेछ।

दौडपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती ः निराकरण कसरी’ शीर्षकमा विषयवज्ञहरुको सहभागितामा समूहगत छलफल आयोजना गरिने जनाइएको छ।

प्रकाशित: २ साउन २०८३ १७:०० | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast