पाशुपति क्षेत्रमा मनाइयो गंगामाई जात्रा

हिमाल प्रेस ५ साउन २०८३ २०:२१ | Tuesday, July 21, 2026
10
SHARES
पाशुपति क्षेत्रमा मनाइयो गंगामाई जात्रा

काठमाडौँ- पाशुपति क्षेत्रमा ऐतिहासिक गंगामाई जात्रा मनाइएको छ।

मंगलबार पशुपतिनाथ आर्यघाटकी गंगामाईलाई ‘गंगामाई पानी देउ भन्दै’ रथयात्रा गराइएको हो।

हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ। यो जात्राका दिन आकाशबाट पानी पर्नैपर्ने विश्वास छ।

पशुपतिनाथको शिरमा विराजमान देवी गंगामाईको मूर्तिलाई विधिवत् पूजा गरी आर्यघाटस्थित गंगा मन्दिरमा पु¥याई महास्नान गराइन्छ, त्यसपछि गंगामाईको मूर्तिलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपको तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजाका साथ यात्रा गरिन्छ।

गुरुजु पल्टनद्वारा तोप बढाइँ चढाएपछि सुरु भएको जात्रामा रथ तान्दै गौशाला, देउपाटन जयवागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिव्रmमा गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि जात्रा सम्पन्न गर्ने परम्परा रहेको जात्राका जानकार राजन महर्जनले बताए।

रथमा राजप्रतिनिधिका रूपमा हनुमान ढोका दरबारबाट ल्याइएको मल्लकालीन राज खड्ग राखिने परम्परा रहेको छ।

प्रकाशित: ५ साउन २०८३ २०:२१ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast