अमेरिकाद्वारा नयाँ आक्रमण, इरानले भन्यो – सम्झौता सकियो

हिमाल प्रेस ३१ असार २०८३ २१:४० | Wednesday, July 15, 2026
4
SHARES
अमेरिकाद्वारा नयाँ आक्रमण, इरानले भन्यो – सम्झौता सकियो होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी सेनाले बुधबार इरानमा फेरि आक्रमण गरेको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इरानको स्थानीय समयअनुसार दिउँसो साढे १ बजे नयाँ आक्रमण गरिएको जनाएको छ।

कमाण्डले एक्समा लेखेको छ,‘अमेरिकी समयअनुसार आज बिहान ६ बजे सेन्ट्रल कमाण्ड बलले इरानविरुद्ध आक्रमण सुरु ग¥यो। यी आक्रमणहरुको उद्देश्य ती सैन्य क्षमताहरुलाई थप कमजोर पार्नु हो जसको प्रयोग इरानी बलले होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरुमाथि आक्रमण गर्नका लागि गरेको छ।’

बीबीसी फारसीका अनुसार अमेरिकी आक्रमणको जवाफमा इरानी अधिकारीहरुले जोर्डन, बहराइन र कुवेतलगायत क्षेत्रीय देशहरुमा रहेका अमेरिकी सैन्य स्थलमा आक्रमण गरेको छ। अमेरिकाले मंगलबार दक्षिणमा इरानको नौसैनिक नाकाबन्दी पुनः सुरु गरेको थियो।

अमेरिकाले नयाँ आक्रमण गरेसँगै इस्लामावाद सम्झौता अन्त्य भएको इरानले बताएको छ।

प्रकाशित: ३१ असार २०८३ २१:४० | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast