होर्मुजमा अनुमतिविना प्रवेश गर्ने जहाज नियन्त्रणमा लिने अमेरिकाको चेतावनी

हिमाल प्रेस ३० चैत २०८२ २१:१६ | Monday, April 13, 2026
40
SHARES
होर्मुजमा अनुमतिविना प्रवेश गर्ने जहाज नियन्त्रणमा लिने अमेरिकाको चेतावनी होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको पूर्वमा पर्ने ओमानको खाडी र अरब सागरमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ।

रोयटर्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना कर्मचारीहरूलाई पठाएको एउटा नोटमा यो नाकाबन्दी सबै जहाजहरूमा लागू हुने उल्लेख गरेको छ।

जुनसुकै मुलुकको झन्डा बोकेको जहाजमा नाकाबन्दी लागू हुने सेन्टकमले जनाएको छ।

सेन्टकमले चेतावनी दिँदै भनेको छ,‘नाकाबन्दी गरिएको क्षेत्रमा अनुमतिविना प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने जहाजहरूलाई रोक्न सकिन्छ, तिनीहरूको बाटो मोड्न सकिन्छ र तिनीहरूलाई नियन्त्रणमा लिन सकिन्छ।’ नाकाबन्दी नेपाली समयअनुसार साँझ ७ :४५ बजे सुरू हुने जनाइएको छ।

इरानबाहेक अन्य स्थानतर्फ आवतजावत गर्ने जहाजहरूमा कुनै अवरोध नपुर्‍याइने सेन्टकले जनाएको छ। ‘स्ट्रेट अफ होर्मुजबाट इरानबाहेक अन्य स्थानतर्फ आवतजावत गर्ने जहाजहरूको आवागमनमा भने कुनै बाधा पुर्‍याइने छैन,’ नोटमा भनिएको छ।

नाकाबन्दीले सबै इरानी समुद्री तटलाई समेट्ने बताइएको छ। यसमा इरानी बन्दरगाह र तेल टर्मिनलहरू समावेश छन्। खाद्यान्न र औषधिजस्ता मानवीय सहायता बोकेका जहाजहरूलाई भने जाँचपछि आवतजावत गर्न अनुमति दिइने जनाइएको छ।

प्रकाशित: ३० चैत २०८२ २१:१६ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast