काठमाडौँमा लघुवित्तपीडितको प्रदर्शन

हिमाल प्रेस १० साउन २०८३ १५:३८ | Sunday, July 26, 2026
4
SHARES
काठमाडौँमा लघुवित्तपीडितको प्रदर्शन

काठमाडौँ- आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन्।

देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौँमा आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन्।

लघुवित्तका कर्मचारीहरुले आफूहरुलाई दुःख दिएको उनीहरुले गुनासो गरेका छन्। पीडितहरूले सरकारले पटकपटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको गुनासो गरेका छन्।

उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो। लघुवित्त पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

प्रकाशित: १० साउन २०८३ १५:३८ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast