शिक्षकको पेसागत क्षमता अभिवृद्धिमा जापानले सहयोग गर्ने

हिमाल प्रेस ३२ असार २०८३ १३:१८ | Thursday, July 16, 2026
24
SHARES
शिक्षकको पेसागत क्षमता अभिवृद्धिमा जापानले सहयोग गर्ने

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल-जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

शिक्षा क्षेत्रमा सहकार्य विस्तार, सार्वजनिक शिक्षा सुधार, विद्यालयको सुरक्षित तथा आधुनिक भौतिक पूर्वाधार विकास, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता अभिवृद्धि, विद्यालय स्वास्थ्य तथा पोषण तथा सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक जनशक्ति विकासका विषयमा विचार आदानप्रदान गरिएको मन्त्रालयले जनाएको छ।

भेटका अवसरमा मन्त्री पोखरेलले सार्वजनिक शिक्षा सुधारप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा नेपाल र जापानबीचको सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल तयार रहेको बताए।

त्यसैगरी जापानी राजदूत माएदा तोरुले नेपाल सरकारले अघि बढाएको शिक्षा सुधार अभियानमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३२ असार २०८३ १३:१८ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast