काठमाडौँ– संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरु तथा आयोगहरुको प्रतिवेदन पेश गर्ने कार्यसुची छ । कानुनमन्त्री सोविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछिन्।
यस्तै मन्त्री गौतमले नै नेपाल विषेश सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ लाई दफावार छलफल गरी सम्बन्धीत समितिमा पठाइयोस भन्ने प्रसतव पेश गर्नेछिन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केहि नेपाल कानुनुलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई प्रस्तुत गर्नेछन् भने अन्तर्राष्ट्रिय श्रम सन्धी सम्बन्धी प्रोटोकलका बुँदाहरुलाई छलफल गरी अनुमोदन गर्ने कार्यसुची छ।
प्रकाशित: ३० असार २०८३ ८:५५ | Tuesday, July 14, 2026
प्रतिक्रिया



