आज बस्दैछ प्रतिनिधिसभा बैठक, गोपालमानको शोक प्रस्ताव प्रस्तुत हुने

हिमाल प्रेस १४ साउन २०८३ ६:२८ | Thursday, July 30, 2026
6
SHARES
आज बस्दैछ प्रतिनिधिसभा बैठक, गोपालमानको शोक प्रस्ताव प्रस्तुत हुने सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुे कार्यसूची छ ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुे कार्यसूची छ ।

यस्तै आजै विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ः०० बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।

 

प्रकाशित: १४ साउन २०८३ ६:२८ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast