३ प्रदेशमा भारी वर्षा हुन्छ : मौसम विभाग

हिमाल प्रेस २९ असार २०८३ ६:०७ | Monday, July 13, 2026
20
SHARES
३ प्रदेशमा भारी वर्षा हुन्छ : मौसम विभाग फाइल तस्बिर

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेको छ। यसका कारण मुलुकभरको मौसममा बदली आएको छ।

अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ।

सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। वर्षा र हिमपातको कुरा गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा पनि यस्तै मौसमी प्रणाली देखिने छ।

यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्

प्रकाशित: २९ असार २०८३ ६:०७ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast