पूर्वएसएसपी नै ठगीमा परेपछि…

हिमाल प्रेस ७ साउन २०८३ १५:०९ | Thursday, July 23, 2026
20
SHARES
पूर्वएसएसपी नै ठगीमा परेपछि…

काठमाडौँ- नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेको बताएका छन्।

धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए।

धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

पूर्वएसएसपी साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग ९९ लाख रुपैयाँ ऋण लिइ विदेह नगरपालिका–६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर जग्गा दृष्टिबन्धक गरिदिएकामा उनलाई थाहा नै नदिइ ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी चार करोड ऋण लिएका थिए।

उनकका अनुसार ऋणको साँवा–ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटकपटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका हुन्।

साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ।

प्रकाशित: ७ साउन २०८३ १५:०९ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast