नेपालमा विदेशी पर्यटक बढे

हिमाल प्रेस २० असार २०८३ १४:०० | Saturday, July 4, 2026
6
SHARES
नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं- नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो।

बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यसवर्षको सोही अवधिमा कूल छ लाख २० हजार ४५३ नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तारलगायतका कारणले विदेशी पर्यटक आगमन बढेको हो ।

बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरी एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मे मा एक लाख दुई हजार ६२६ र जुनमा ९१ हजार ३६३ पर्यटक नेपाल आएका छन्।

प्रकाशित: २० असार २०८३ १४:०० | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast