२३ जिल्लामा आज बाढीको जोखिम

हिमाल प्रेस ११ साउन २०८३ १०:१२ | Monday, July 27, 2026
4
SHARES
२३ जिल्लामा आज बाढीको जोखिम

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज देशका २३ जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

आज बिहान जारी बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तह भन्दा तल रहेको छ।

महाशाखाका अनुसार आज मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ।

भोली साउन १२ गते कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। त्यस्तै साउन १३ गते कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाव अचानक बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ११ साउन २०८३ १०:१२ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast