बाढीले सेनाको ब्यारेकमा क्षति

हिमाल प्रेस १४ साउन २०८३ १३:०६ | Thursday, July 30, 2026
6
SHARES
बाढीले सेनाको ब्यारेकमा क्षति फाइल तस्बिर

पोखरा- सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ।

केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो।

प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्णरूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङले जानकारी दिए।

बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ। मंगलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण संकलन गरेको थियो।

भौगोलिक रूपमा टाढा र विकट रहेकाले घटनाबारे ढिला गरी खबर प्राप्त भएको हवल्दार गुरुङले बताए।

प्रकाशित: १४ साउन २०८३ १३:०६ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast