प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै प्रदर्शन

हिमाल प्रेस २ साउन २०८३ १६:४१ | Saturday, July 18, 2026
4
SHARES
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै प्रदर्शन

काठमाडौँ- नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्थाको माग गर्दै युवाहरु सडक आन्दोलनमा उत्रिएका छन्।

समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरुको एक समूहले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रुपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन्।

सुकुम्बासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैँका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरुको माग रहेको सडक आन्दोलनमा उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए।

साथै उनीहरुले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सिप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन्।

प्रकाशित: २ साउन २०८३ १६:४१ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast