गुरुपूर्णिमाको दिन दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम

हिमाल प्रेस १३ साउन २०८३ ८:२४ | Wednesday, July 29, 2026
6
SHARES
गुरुपूर्णिमाको दिन दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम

काठमाडौँ- आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिनमात्र खुल्ने दक्षिणामूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ। दक्षिणालाई पशुपतिनाथका पनि गुरुका रूपमा पूजिने कथन छ ।

वर्षको एक दिन गुरुपूर्णिमाको दिनमात्र सर्वसाधारणको दर्शनका निम्ति यो मन्दिर खुला हुने गर्दछ । आजको दिन पशुपतिनाथका अर्चक (भट्ट) गुरुहरूसमेत यस मन्दिरमा आएर पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । यसैकारण आज बिहानैदेखि पशुपति क्षेत्रस्थित दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम लागेको पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए ।

गुरुपूर्णिमाका दिन आज बिहानको नित्य पूजा आराधना सकेपछि पशुपतिनाथका चारै जना भट्ट आशा गुरुसहित बाजागाजा लिएर दक्षिणामूर्ति मन्दिर गई पूजाआजासहित दर्शन गर्नुहुने कार्यक्रम रहेको पनि उनले बताए ।

 

प्रकाशित: १३ साउन २०८३ ८:२४ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast