काठमाडौँ- राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद्को ९९औँ बैठकले कक्षा ६-८ का अवधी र मगर ढुट, कक्षा ९-१० का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र तथा कक्षा ११-१२ का कानुनसम्बन्धी विभिन्न विषयका पाठ्यक्रम मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
परिषद्को निर्णयपछि अन्तिम स्वीकृतिका लागि पाठ्यक्रम मन्त्रालयमा पठाइने र स्वीकृतिपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ।
प्रकाशित: १५ साउन २०८३ ५:४६ | Friday, July 31, 2026
प्रतिक्रिया


