मौलाकालिकामा पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

हिमाल प्रेस २६ असार २०८३ ९:०५ | Friday, July 10, 2026
2
SHARE
मौलाकालिकामा पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसको सङ्ख्या बढ्दै गएको छ।

महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायम गर्नसमेत आउने गरेका छन्।

धार्मिक सेवा समिति मौलाकालीका अध्यक्ष खगेन्द्रदास कँडेलले टाढाटाढाबाट देवी कालीको दर्शन गर्न श्रद्धालुहरु आउने गरेका उल्लेख गर्दै स्थानीयहरु पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने गरेका बताए।

‘ऐतिहासिक शक्तिपीठको रुपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गर्नुभएको छ’, उनले भने,‘तर, स्थानीय युवाहरु व्यायम गर्नका लागि दैनिक मन्दिरमा आउने गरेका छन्।’

कँडेलले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजनहरुको उपस्थिति बढी हुने बताए।

‘मन्दिरमा दैनिक रुपमा दुई हजारभन्दा बढी श्रद्धालुहरु आएर दर्शन गर्नुहुन्छ’, अध्यक्ष कँडेलले भने,‘शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ।’

प्रकाशित: २६ असार २०८३ ९:०५ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast