संसद्‍मा कांग्रेस सांसद निश्कल राईले भने- श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?

हिमाल प्रेस ३० असार २०८३ १२:०३ | Tuesday, July 14, 2026
14
SHARES
संसद्‍मा कांग्रेस सांसद निश्कल राईले भने- श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरंकुश शैलीमा अघि बढेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने,‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन?’

कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने वालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्नेमा पनि राईले प्रश्न गरे।

राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको बताउँदै राईले सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको धारणा राखे।

उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको बताए।

कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए।

प्रकाशित: ३० असार २०८३ १२:०३ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast