पर्वतको बन्जिसाईडको भिरबाट हामफालेका व्यक्तिको शव निकालियो

हिमाल प्रेस ५ साउन २०८३ १२:५५ | Tuesday, July 21, 2026
4
SHARES
पर्वतको बन्जिसाईडको भिरबाट हामफालेका व्यक्तिको शव निकालियो

पर्वत- पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जिसाईडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए । सो लगत्तै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं २५ चण्डिका गण पर्वतबाट खटिएको टोलीले फेला नपारेपछि पुनः आज बिहान उक्त गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १ सय ३० मिटर तल भिरबाट झन्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो । उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको छ।

 

प्रकाशित: ५ साउन २०८३ १२:५५ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast