काठमाडौँ- एन्डी बर्नम आधिकारिक रूपमा बेलायतका प्रधानमन्त्री बनेका छन्। उनी बेलायतको ५९ औँ प्रधानमन्त्री नियुक्त भएका हुन्।
बर्नमलाई बकिङ्घम प्यालेसमा किङ चाल्र्ससँग भएको एक निजी भेटघाटका क्रममा सरकार गठन गर्न आमन्त्रित गरिएको छ।
किअर स्टार्मरले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी नयाँ प्रधानमन्त्री बनेका हुन्।
बर्नमले यसअघि पनि लेबर पार्टीको नेता बन्ने प्रयास गरेका थिए, तर उनलाई सफलता मिलेको थिएन।
सन् १९७० मा लिभरपुलमा जन्मेका बर्नमको पालनपोषण वारिङ्टन नजिकै एउटा गाउँमा भएको थियो।
उनका बुबा ब्रिटिस टेलिकम इन्जिनियर थिए भने आमा रिसेप्सनिस्ट थिइन्। दुवै जना लेबर पार्टीका कट्टर समर्थक थिए, जसका कारण बर्नमको सानै उमेरदेखि राजनीतिमा चासो बढेको थियो।
प्रकाशित: ४ साउन २०८३ १८:२० | Monday, July 20, 2026
प्रतिक्रिया

