नापतौल यन्त्रको अवैध प्रयोग गर्ने दुई हजार ४३१ व्यावसायिक फर्ममाथि कारबाही

हिमाल प्रेस १२ साउन २०८३ १५:४५ | Tuesday, July 28, 2026
10
SHARES
नापतौल यन्त्रको अवैध प्रयोग गर्ने दुई हजार ४३१ व्यावसायिक फर्ममाथि कारबाही

पोखरा- गण्डकी प्रदेशमा नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गर्ने दुई हजार ४३१ व्यावसायिक फर्ममाथि कानुनी कारबाही गरिएको छ।

गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जानकारी दिए।

कारबाहीमा कास्की, गोरखा, लम्जुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङका व्यावसायिक फर्म परेका छन्।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा नयाँ कारोबारका लागि एक हजार ७८ र पुराना २८ वटा व्यावसायिक फर्मलाई नापतौल यन्त्र प्रयोगको अनुमति तथा नवीकरण गरेको जनाएको छ।

यस अवधिमा कार्यालयले विभिन्न शीर्षकबाट ७८ लाख ५२ हजार ९६७ रुपैयाँ राजस्व संकलन गरेको पनि जनाएको छ।

प्रकाशित: १२ साउन २०८३ १५:४५ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast