बौद्धमा एक युवतीले खन्याइन् आफ्नै शरीरमा पेट्रोल, कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुँदै

हिमाल प्रेस ५ साउन २०८३ ९:१८ | Tuesday, July 21, 2026
28
SHARES
बौद्धमा एक युवतीले खन्याइन् आफ्नै शरीरमा पेट्रोल, कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ ।

अस्पतालका निर्देशक डा किरण नकर्मीले आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए । उनको ५० प्रतिशत भाग जलेको अस्पतालले जानकारी दिएको छ ।

घरायसी झगडापछि उनले आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रकाशित: ५ साउन २०८३ ९:१८ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast