हाडनातामा जबरजस्ती करणी गरेर मलेसिया भागेका युवकलाई पक्राउ गरेर नेपाल ल्याइयो

हिमाल प्रेस १४ साउन २०८३ ७:३८ | Thursday, July 30, 2026
4
SHARES
हाडनातामा जबरजस्ती करणी गरेर मलेसिया भागेका युवकलाई पक्राउ गरेर नेपाल ल्याइयो

काठमाडौँ- हाडनातामा जबरजस्ती करणी अभियोग लागेर फरार भएका प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। भोजपुरका ३२ वर्षीय जनक राई पक्राउ परेको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ। शाखाका अनुसार उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा सन् २०२५ अप्रिल १ (२०८१ चैत १९) मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।

त्यसपछि एनसीबी काठमाडौं र एनसीबी दोहा, कतारबीचको निरन्तर समन्वयमा राईलाई कतारमा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर डिपोर्मार्फत नेपाल ल्याइएको हो । मंगलबार (साउन १३) एनसीबी काठमाडौं इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएका प्रहरी कर्मचारीलाई बुझाउने कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: १४ साउन २०८३ ७:३८ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast