केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म मेला चल्ने, ५० लाख भक्तजन भित्र्याउने

हिमाल प्रेस ३२ असार २०८३ ९:४३ | Thursday, July 16, 2026
8
SHARES
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म मेला चल्ने, ५० लाख भक्तजन भित्र्याउने डोलेश्वर महादेव मन्दिरमा भक्तजन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड । तस्बिर : रमेश गिरी/रासस

भक्तपुर- केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ ।

मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन रु एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए। रु दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए। मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ । भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पतालसहितका निकायसँग समन्वय गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले मन्दिरमा दर्शनका लागि छुट्टै लाइनको व्यवस्था गरिएको र मेला व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्ने बताए । मेलालाई सुरक्षित बनाउन डोलेश्वर क्षेत्र र आसपास ५५ वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिने छ । डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।

साउन महिनामै नजिकै रहेको आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने छ । आगामी साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा सुरु गरी डोलेश्वर मन्दिरमा पुर्याएर मेलाको उद्घाटन गरिने समितिले जनाएको छ ।

 

प्रकाशित: ३२ असार २०८३ ९:४३ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast