रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सञ्चालित फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिनमा ९ जना प्रतिवादी पक्राउ परेका छन्।
विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटले दण्ड सजाय तोकिएर पनि लामो समय देखि लुकिछिपी बस्दै आएका उनीहरूलाई मंगलवार जिल्ला प्रहरी तथा मातहतमा युनिटहरुले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दामा विषुन्द्र साह,विवेक मणि यादव,विकास कुमार, आशनारायण साह,रतेश कुमार मिश्र, रहेका छन्। त्यस्तै चोरी तथा डाँका मुद्दामा लक्ष्मी प्रसाद चौधरी, लक्ष्मी प्रसाद चौधरी, लक्ष्मी प्रसाद चौधरी, लक्ष्मी प्रसाद चौधरी, रहेका छन्।
अदालतले तोकेको २ वर्ष कैद भुक्तान र २७, हजार जरिवाना असुल को लागी मंगलवार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।



