सांकेतिक तस्बिर
भोजपुर- भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर ३ च्याङ्ग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । बुधबार राति स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
दुई पक्षबीच भएको सामान्य विवाद झैझगडामा परिणत हुँदा यो घटना घटेको हो। खुकुरी प्रहारबाट घाइते धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ। उनलाई थप उपचारका लागि धरान पठाइएको छ।
घटनापछि प्रहरीले खुकुरीसहित ६० वर्षीय गणेशबहादुर राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: ३२ असार २०८३ ११:५३ | Thursday, July 16, 2026
प्रतिक्रिया


