नेपाली सेनाका ३५ महासेनानीले पूरा गरे उच्चस्तरीय कमाण्ड तालिम

हिमाल प्रेस ५ साउन २०८३ १६:३८ | Tuesday, July 21, 2026
26
SHARES
नेपाली सेनाका ३५ महासेनानीले पूरा गरे उच्चस्तरीय कमाण्ड तालिम

काठमाडौँ- नेपाली सेनाले सैनिक अधिकारीहरूको उच्चस्तरीय व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न गरेको छ।

नेपाली सैनिक वार कलेजमा गत चैत १५ गतेदेखि सञ्चालन भएको उक्त तालिम मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले एक कार्यक्रमका बीच समापन गरेका हुन्।

तालिममा ३५ जना महासेनानी दर्जाका प्रशिक्षार्थी सहभागी रहेका थिए। समापन समारोहमा तालिम प्रमुख शिक्षक उपरथी मधुकरसिंह काकीले स्वागत मन्तव्य राखेका थिए।

तालिममा महासेनानी प्रशान्त बज्राचार्य प्रथम (बेस्ट स्टुडेन्ट अफिसर) घोषित भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन्।

समापन समारोहमा पूर्व प्रधानसेनापतिहरू, रथीवृन्द, अधिकृतहरू तथा प्रशिक्षार्थी अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार अधिकारीहरूका लागि सञ्चालन हुने यो सेनाभित्रकै सबैभन्दा उच्चस्तरको तालिम हो।

तालिममार्फत स्टेटक्राफ्ट, भूराजनीति, आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति, नेतृत्व र व्यवस्थापन लगायतका विषयमा ज्ञान प्रदान गरिन्छ।

२०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म ४१० जना अधिकारी दीक्षित भइसकेका छन्।

प्रकाशित: ५ साउन २०८३ १६:३८ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast