विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ को मृत्यु

हिमाल प्रेस ३० असार २०८३ ८:०१ | Tuesday, July 14, 2026
24
SHARES
विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ को मृत्यु

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिकाका–२० बस्ने ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
उक्त भ्यान कोशी लोकमार्गमा आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ।

प्रकाशित: ३० असार २०८३ ८:०१ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast