काठमाडौँ- विश्वकप २०२६ का सेमिफाइनल समीकरण सकिएका छन्। इंग्ल्यान्ड र अर्जेन्टिनाको जितसँगै अब चार टोली सेमिफाइनल पुगेका हुन्। साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै र इंग्ल्यान्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल पुगेका हुन्। यसअघि नै साविक उपविजेता फ्रान्सले मोरक्कोलाई र स्पेनले बेल्जियमलाई पन्छाउँदै सेमिफाइनलको बाटो तय गरेका हुन्।
अब सेमिफाइनलको एक खेलमा इंग्ल्यान्ड र अर्जेन्टिना तथा अर्को खेलमा स्पेन र फ्रान्स भिड्नेछन्। उनीहरूमध्ये दुई टोली उपाधिका लागि लड्नेछन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका छन्।
प्रकाशित: २८ असार २०८३ ९:५९ | Sunday, July 12, 2026
प्रतिक्रिया



