देशभरका ११ सडक अवरुद्ध

हिमाल प्रेस ९ साउन २०८३ ८:२३ | Saturday, July 25, 2026
8
SHARES
देशभरका ११ सडक अवरुद्ध

काठमाडौँ- अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै ११ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो।

प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी इलाममा मेची राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाघु रामेछाप सडक, रसुवामा पासाडल्यामु र त्रिशूली मैलुङ स्याफ्रुबेसीँ सडक, बाग्लुडमा कालीगण्डकी करिडोर, रोल्पामा घोराही थबाङ सडक, रुकुम पश्चिममा भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ।

त्यसैगरी भोजपुरमा मध्यपहाडी लोकमार्ग र खोटाङमा पनि मध्यपहाडी लोकमार्ग बाढी पहिरोको कारण एकतर्फी भएका प्रहरीले जनाएको छ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: ९ साउन २०८३ ८:२३ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast