वैशाखयता विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु, ६०५ जना घाइते

हिमाल प्रेस ६ असार २०८३ ९:०५ | Saturday, June 20, 2026
22
SHARES
वैशाखयता विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु, ६०५ जना घाइते

काठमाडौँ- यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख १ गतेदेखि आज असार ५ गतेसम्मको अवधिमा दुई हजार २११ वटा विपद्का घटनामा परेर १०५ जनाको मृत्यु भएको र ६०५ जना घाइते भएका जानकारी दिइन् ।

प्राधिकरणले आज सार्वजनिक गरेको अद्यावधिक विवरणमा उक्त अवधिमा तीन हजार ९२ घर प्रभावित भएको जनाइएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी लेक लागेर २१ जनाको मृत्यु भएको छ । त्यसपछि आगलागीबाट १६ जना र सर्पदंश तथा चट्याङबाट १४–१४ जनाको मृत्यु भएको छ ।

हुरीबतासबाट १३, जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। अन्यमा बाढी, भारी वर्षा, डुंगा पल्टिएर, वन डढेलो र हिउँ पहिरोमा परेर मानिसले ज्यान गुमाएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरणमा यो अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन्। त्यसपछि हुरीबतासका ४५२, सर्पदंशका २६९, चट्याङका १६०, जनावरको आक्रमणका ११४, पहिरोका १२७ र वन डढेलोका १७९ घटना भएका छन्।

प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लामा ३१ वटा विपद्का घटना भएको र ती घटनामा परेर चार जना घाइते भएका जानकारी दिइन् ।

प्रकाशित: ६ असार २०८३ ९:०५ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast