के भइरहेको छ रास्वपा महाधिवेशनमा?

हिमाल प्रेस ९ असार २०८३ १२:१३ | Tuesday, June 23, 2026
8
SHARES
के भइरहेको छ रास्वपा महाधिवेशनमा?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएको छ।

परिचयपत्र वितरणको कार्यलाई छिटो र व्यवस्थित बनाउन ९ वटा छुट्टाछुट्टै केन्द्रबाट वितरण भइरहेको पार्टीले जनाएको छ।

रास्वपा चितवनका सभापति ई.मिनीमाधव खनालका अनुसार सातै प्रदेश, प्रवास र समायोजनतर्फबाट छनोट भएका प्रतिनिधिहरूलाई फरकफरक स्थानबाट परिचयपत्र उपलब्ध गराइँदै छ।

प्रतिनिधिको अन्तिम सूची टुंगिएपछि स्वचालित प्रणालीमार्फत परिचयपत्र छपाइ गर्नुपर्ने भएकाले वितरणमा केही ढिलाइ भएको उनले बताए।

परिचयपत्र वितरण सम्पन्न भएपछि बन्दसत्र सुरु गरिने जानकारी पनि उनले दिए। बन्दसत्र भरतपुरस्थित उद्योग संघ परिसरभित्र रहेको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।

प्रकाशित: ९ असार २०८३ १२:१३ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast