रास्वपा पाँचथरको प्रथम अधिवेशनले चुन्यो कार्यसमिति, सभापतिमा प्रकाश गुरुङ

हिमाल प्रेस २५ जेठ २०८३ ७:३९ | Monday, June 8, 2026
14
SHARES
रास्वपा पाँचथरको प्रथम अधिवेशनले चुन्यो कार्यसमिति, सभापतिमा प्रकाश गुरुङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

आइतबार फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित भएका छन्। सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र लावती निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहान तथा प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित भएका छन्। ३२ वटा विभाग गठन भएको नवनिर्वाचित सहसचिव कविहाङ सेलिङले जानकारी दिनुभयो। नयाँ कार्यसमितिका सभापति गुरुङ र उपसभापति तामाङ पुरानै जिम्मेवारीमा दोहोरिएका हुन्।

अधिवेशन उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए। उद्घाटन कार्यक्रममा विभिन्न दल तथा स्वतन्त्र व्यक्ति प्रवेश गरेको रास्वपा पाँचथरले जनाएको छ।

प्रकाशित: २५ जेठ २०८३ ७:३९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast