रास्वपा महाधिवेशन : बन्दसत्रअघि प्रतिनिधिलाई प्रवेश कार्ड

हिमाल प्रेस ९ असार २०८३ १२:२० | Tuesday, June 23, 2026
6
SHARES
रास्वपा महाधिवेशन : बन्दसत्रअघि प्रतिनिधिलाई प्रवेश कार्ड

काठमाडौँ- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधिहरूलाई दिउँसो १ बजापछि प्रवेश कार्ड वितरण गरिएको छ। प्रवेश कार्ड वितरणसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, रास्वपाले निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियमावली सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले उक्त नियमविपरीत मनोनयन दर्ता गरिए उम्मेदवारी स्वतः अमान्य हुने जनाएको छ। विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि निर्धारण गरिएको छ।

प्रकाशित: ९ असार २०८३ १२:२० | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast