काठमाडौँ- नेपाली सेनाले पर्यटकीय, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यअनुसार शीघ्र प्रभावी आयोजनाअन्तर्गत दोलखास्थित दोलखा भीमेश्वर मन्दिर परिसरमा निर्माण सम्पन्न गरिएको रेलिङ्ग हस्तान्तरण गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निर्माण सम्पन्न रेलिङ्ग मध्य पूर्वी पृतनापतिले एक कार्यक्रमबीच दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्।
नेपाली सेनाले यस्ता शीघ्र प्रभावी आयोजनामार्फत धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका सम्पदाको संरक्षण र पूर्वाधार विकासमा सहयोग पुर्याउँदै आएको जनाएको छ।
प्रकाशित: १६ असार २०८३ १०:४९ | Tuesday, June 30, 2026
प्रतिक्रिया




