काठमाडौँ- कैलालीमा स्थानीयले नाली खन्ने क्रममा फेला पारेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
नेपाल सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको कैलारी गाउँपालिका-२ कैलाली गाउँमा आइतबार स्थानीयवासीले नाली खन्ने क्रममा शंकास्पद वस्तु (आईईडी) फेला पारेका थिए।
सूचना प्राप्त भएपछि नेपाली सेनाको डेभिडल बटालियनबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो।
टोलीले उक्त शंकास्पद विस्फोटक वस्तुको परीक्षण तथा सुरक्षा मूल्यांकनपछि सुरक्षित रूपमा डिस्पोज गरेको सेनाले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा आवश्यक सुरक्षा सतर्कता अपनाइएको तथा उक्त वस्तुबाट कुनै मानवीय वा भौतिक क्षति नभएको जनाइएको छ।
प्रकाशित: २५ जेठ २०८३ १६:२१ | Monday, June 8, 2026
प्रतिक्रिया




