कालिकोट र प्यूठानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

हिमाल प्रेस २४ जेठ २०८३ १२:१३ | Sunday, June 7, 2026
8
SHARES
कालिकोट र प्यूठानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

काठमाडौँ- कालिकोट र प्यूठान जिल्लाका छुट्टाछुट्टै स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सफलतापूर्वक डिस्पोज गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै जिल्लामा फेला परेका ती वस्तुहरूलाई नागरिक सुरक्षालाई मध्यनजर गर्दै सुरक्षित रूपमा निष्क्रिय पारिएको हो।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. १, मान्मस्थित एक स्थानीय बासिन्दाको बारीमा शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुबारे जानकारी पाउनासाथ नेपाली सेनाको डिस्पोजल टोली तत्काल घटनास्थल पुगेर त्यसलाई सुरक्षित साथ डिस्पोज गरेको हो।

प्यूठानको नौ बाहिनी गाउँपालिका वडा नं. ६, लुङस्थित एक स्थानीयको घरमा अर्को शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई पनि सेनाको टोलीले कुनै क्षति हुन नदिई सुरक्षित रूपमा निष्क्रिय बनाएको छ।

शंकास्पद वस्तु फेला परेपछि स्थानीयबासीहरू त्रसित बनेका थिए।

प्रकाशित: २४ जेठ २०८३ १२:१३ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast