काठमाडौँ- एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘गेम अन विथ एलजी एआई टीभी’ सार्वजनिक गरेको छ।
फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ कम्पनीले यो योजना ल्याएको हो।
यस अभियानअन्तर्गत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य, गुणस्तर, जीवन्त ध्वनि तथा एलजीको अत्याधुनिक एआई प्रविधिका साथ थप रोमाञ्चक र वास्तविक रुपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।
विश्वप्रसिद्ध ‘एलजी ओलेड डिस्पले’ प्रविधिद्वारा सञ्चालित यी टेलिभिजनहरु हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउन डिजाइन गरिएको कम्पनीको भनाइ छ।
एलजीले चयनित टीभी मोडलहरुमा चार वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ। यसअन्तर्गत ग्राहकले तीन वर्षको स्ट्यान्डर्ड वारेन्टी र एक वर्षको अतिरिक्त वारेन्टी पाउनेछन्।
यसका साथै चयनित मोडलहरुमा ३० प्रतिशतसम्म आकर्षक क्यासब्याक, विनाब्याज किस्ताबन्दी, पुरानो टीभीसँग साट्न उत्कृष्ट मूल्यांकन, जडानलगायतका सुविधाहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना जेठ २१ गतेदेखि साउन ४ गतेसम्म लागू हुनेछ।




