काठमाडौँ- एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रा. लि.ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली बजारका लागि नयाँ घरेलु उपकरण श्रृंखला ‘LG Essential Series’ सार्वजनिक गरेको छ।
इटहरीस्थित रामदा होटलमा आयोजित कार्यक्रममा ‘हरेक घरको खुसी, घर-घरमा LG’ अभियानअन्तर्गत नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।
कम्पनीका अनुसार आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकतामा राखेर तयार गरिएको Essential Series ले नेपाली परिवारको दैनिक आवश्यकतालाई सहज रूपमा पूरा गर्ने लक्ष्य राखेको छ।
यस श्रृंखलाअन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रूम एयर कन्डिसनर सार्वजनिक गरिएको छ।
कम्पनीका अनुसार नयाँ डबल-डोर रेफ्रिजेरेटरमा Frost-Free Technology र Smart Mode जस्ता सुविधा समावेश छन्। यसमा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको दाबी गरिएको छ।
त्यसैगरी फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिनमा ProShield Motor, BMC Cover तथा IPX4 प्रमाणित Water-Resistant Control Panel जस्ता सुविधा राखिएको छ। Low-Pressure Fill Technology का कारण कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्न सकिने कम्पनीले जनाएको छ।
ऊर्जा-दक्ष प्रविधिमा आधारित नयाँ रूम एयर कन्डिसनरले प्रभावकारी Cooling र Heating सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा वातावरणमैत्री R32 Refrigerant प्रयोग गरिएको छ भने परम्परागत नन-इनभर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत हुने र न्यून ध्वनिमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
LG Essential Series का उत्पादनहरूको बिक्री नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक LG ब्रान्ड शप, मल्टिब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
CG Corp Global अन्तर्गत रहेको CG Electronics नेपालमा LG उत्पादनहरूको आधिकारिक वितरक हो। कम्पनीका अनुसार LG Electronics Singapore सँग चार दशकभन्दा लामो सहकार्य गर्दै आएको CG Electronics ले नेपालमा LG लाई अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।




