काठमाडौँ- विश्वप्रसिद्ध ब्रान्ड एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ घरेलु उपकरण शृंखला ‘एलजी एसेन्सियल सिरिज’ बजारमा ल्याएको छ।
एलजीको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा यी उत्पदानहरु सार्वजनिक गरिएका हुन्।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच नयाँ सिरिजको औपचारिक अनवारण गरिएको हो। ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियानअन्तर्गत ल्याइएको यस सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीले जनाएको छ।
नेपालको स्थानीय परिस्थिति, विद्युत र पानीको उपलब्धता तथा उपभोक्ताहरुको दैनिक आवश्यकतालाई ध्यानमा राखेर यो सिरिजमा ‘फ्रस्ट फ्री’ प्रविधि, ‘स्मार्ट मोड’ र ‘एलजी एसेन्सियल सिरिज फुल्ली टपलोड मेसिन’ जस्ता विशेषताहरु राखिएका छन्।
कार्यक्रममा बोल्द चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको चार दशक लामो व्यवासयिक यात्राको स्मरण गरे। उनले नयाँ ‘एसेन्सियल सिरिज’ ले नेपाली उपभोक्ताहरुलाई थप गुणस्तरीय जीवनशैलीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम एप्ल्यान्स सोलुसनका प्रोडक्ट डाइरेक्टर चाङ्हो हानले नेपाली ग्राहकहरुबाट प्राप्त प्रतिक्रिया र निष्कर्षका आधारमा नै यो सिरिज विकास गरिएको जानकारी दिए।




